Wednesday, November 18, 2009

Elysian: सम्झना, बिर्सना

Elysian: सम्झना, बिर्सना

सम्झना, बिर्सना


तिमी ले "सम्झिएं " भन्दा
खिल्ली भए झैं लाग्छ
तिमी ले " बिर्सिएं " भन्दा
सिल्ली भएँ झै लाग्छ ॥

Saturday, November 14, 2009


मस्त निद्रा बाट ब्युझाउने तिम्रो चाल कस्तो ?
शान्त मनको तलाऊमा ल्याउने छाल कस्तो ?

संगै गाउने गीत तिम्ले नै फेर्यौ
मैले टीप्न नसक्ने नयाँ ताल कस्तो ?

दौलत हो की जस्तै मायालाई
बाज़ी लगाउन मिल्ने खाल कस्तो?

तिम्रो याद छेक्ने राखू द्वारपाल कस्तो?
शान्त मन को तलाऊमा ल्याउने छाल कस्तो??

Sunday, November 1, 2009

ग़ज़ल

यात्रा एउटै पुग्ने ठाऊ फरक
अस्तित्व एउटै तर नाऊ फरक ।
मलाई नि दुख्ने तिम्लाई नि दुख्ने
घाऊ एउटै तर दाऊ फरक ।
तिमी हास्यौं, म रोएँ
साहू एउटै , तर साउं फरक ।
सेतु एउटै गाऊं फरक
यात्रा एउटै तर पुग्ने ठाउं फरक ।