Sunday, December 27, 2009

तिमी ले गर्दा ......


तिमी लाई सजाउन
जून तारा ल्याउँछु , तिमी होइन
जून तारा राम्रो देखियो
तिमी ले गर्दा
तिमी लाई सजाउन
फूल खोजी ल्याउँछु , तिमी होइन
फूल झन राम्रो देखियो
तिमी ले गर्दा ........

खुसी थियो, मबाट टाढा
टाढा थिएं म खुसी बाट
सधै भरी ..........
आज फेरी खुसी भयो
मेरै वरी परी
तिमी ले गर्दा ........

संसार आफ्नै लाग्छ आज
आफ्नै लाग्छ माया आज
किन किन ?
साथै पाऊं लाग्छ तिमीलाई
छीन छीन ( क्षण क्षण )
तिमी ले गर्दा ........