Thursday, January 21, 2010

गजल


हिंजो 'क' भन्दा हाँस्ने तिमी
आज 'क' भन्दा रोयौ
तिमी नै सम्झाई देऊ न त अब
भन्न के हुने के नहुने हो ।

कहिले चर्को स्वर मा बोल्ने तिमी
आज काने खुसी नि गरिनौ
तिमी नै बुझाई देऊ न त अब
सुन्न के हुने के नहुने हो ।

तिम्रो पाउ चूमें तिम्रो ललाट अनि
ओंठ हेर्दा झसंग तिमी ?
तिमी नै सम्झाई देऊ न त अब
चुम्न के हुने के नहुने हो ।

सोमरस को स्वाद मिठो
उमेर को स्वाद कति फरक

तिमी नै सम्झाई देऊ न त अब
चाख्न के हुने के नहुने हो .