
भरे छिट्टै आउंछु प्रिया
आज तिम्रो मेरो मात्र
कुरा गर्ने , हुन्छ ?
रिसानी माफ़ हुने भए ...
तिमी हिजो को कुरा गर्छ्यौ
नदेखेको भोलि को कुरा गर्छ्यौ
भरे छिट्टै आउंछु प्रिया
आज 'वर्तमान' को मात्र
आज 'वर्तमान' को मात्र
कुरा गर्ने , हुन्छ ?
एकल कांटे नभन्ने भए
माइती को कुरा नगर
संगी साथी आजलाई भुलिदेऊ
संगी साथी आजलाई भुलिदेऊ
भरे छिट्टै आउंछु प्रिया
आज 'हाम्रो ' मात्र
कुरा गर्ने , हुन्छ ?
कुरा गर्ने , हुन्छ ?
नरिसाउने भए ,
संधै कुरा म सुरु गर्छु
तिमी पूरा पनि गर्दिनौ
भरे छिट्टै आउंछु प्रिया
आज तिम्ले सुरु तिम्ले
पूरा गर्ने , हुन्छ?