Saturday, May 23, 2009

Delhi

शुक्रबार बेलुका हिडेको पोखरा दिल्ली बस आइतबार सबेरै जहांगीरपुर आएर रोकियो। तिन बजेको थियो। हामी उज्यालो नहुने बेला सम्मबस मानै बस्यौं । ऑटो रिक्सावाला हरु पछि परिराखेका थिए । अन्त्यमा, हामी ले एउटा ऑटो लियौ । केटो थियो ड्राईवर । हेर्दा पातलो, फु गरे ढल्ला जस्तो । कपाल पनि स्टाइल ले काटेको , र थोरे जुल्फी मा खैरो दलेको । कति पैसा लिनेभन्ने कुरा मिलेपछि उसले एक दुई ठाऊमा रेड लाइट को सिग्नल पनि टेरेन । किना भनी सोद्धा "यह दिल्ली है, मेहेंगी नगरी " भन्यो। एउटा गीत गायो उसले, "दिल देता है रोरो दुहाई किसी से कोही प्यार ना करे ." मैले उसलाई त्यों गीत नगाउन भनेँ अनि उसले कुरै कुरा मा,आफ्नी गर्लफ्रेंड को फोटो हेर्न कर गर्यो। उसले आफ्नो पर्स पछाडी हाम्रो सिट तीर देखायो। केटी राम्री भानिदियौं । उसको अगाडी आफु केहि नभएको कुरा अवगत गरायो उसले । हामी हरु ले सही थाप्यौं। केहि अगाडी गएपछि उसले चुरोट किन्ने भनी गाड़ी रोक्यो । हामी उसको चाल हेरी रहेका थियौं। येतिकै मा आएर उसले हामीलाई "मैले तिमिहरुलाई पर्स दिंदा मेरो पर्स मा इक सौ रूपया थियो, अहिले छैन" भन्यो । केहि समय रिसाई दियौं हामी । उसले जसो तसो गाड़ी अघि बढायो । मनमा कतै उसले अन्तै कतै लगेको पो होकी भन्ने डर लागिरह्यो । बाटोका साइन पोस्ट हरु हेर्दै अघि बढेको, पुराउन चाही ठाऊ मा पुरयायो। पछि हप्काए । केहि बोलेन त्यो । उसको भाडा दिए पछि पनि मेरो सौ रूपया भन्दै थियो । सबैले दिल्ली मा होसियार हुनु है भन्दा मा किन मानिसहरु बढ़ी नराम्रो कुरा को पछाडी लाग्छन जस्तो लाग्थ्यो । म भनेँ राम्रो नया दिल्ली को रूप लिएर घर फर्कने सोच मा थिएं। छू पनि। तर दिल्ली को स्वागत ले मलाई म नै रहन दियेंन । आफै ले आफै लाइ भनेँ "वेल्कम टू दिल्ली ।" पछि थाहा पाए उनिहरु संग त्येती सार्हो नजिक भएर बोल्न हुन्ना भन्ने ।
कोई बोली मा रस हुन्छ, कोई बोली मा रिस ...........
उसले मेरो बोली मा के पायो कुन्नी?

No comments:

Post a Comment