Saturday, February 13, 2010

आऊ


तिम्रो याद दिलाउन, तिमी नै आऊ
तिम्रो याद हटाउन, तिमी नै आऊ
आज मात्तिन धेरै मन छ
अड्कल्दै अड्कल्दै पिलाउन, तिमी नै आऊ ।

खबर पठाए'नि अरु संगै
अर्थ बुझाउन तिमी नै आऊ
पाइला पाइला बाटो याद छ
संग संगै हिंडाउन तिमी नै आऊ ।

एउटा मन धेरै ले च्याते
मिलाएर सिलाउन तिमी नै आऊ
हाम्रो नाता धेरै पुरानो तै पनि
पहिलो भेट मा झैं जिल्ल्याऊन तिमी नै आऊ ।

गल्ति गर्छु, 'सरी' भन्छु
बुझाई बुझाई सम्झाउन तिमी नै आऊ
धरो धर्मं सत्य सत्य भन्दै
कसम खिलाउन, तिमी नै आऊ ।

तिम्रो याद दिलाउन , तिमी नै आऊ ........

(for my non-nepali friends, lest you need to understand for yourselves)

I want to remember you again,
Please be by my side.
If you want me to forget you,
Please be by my side.
I want to lose my conscience tonight
I might get drunk,
Please be by my side.

I want to understand the message you sent
Please be by my side.
I know the way to go,
We shall stroll together,
Please be by my side.

Many danced on my heart
I want it to mend,
Please be by my side.
We are for 'us' since time unknown
I want to feel 'us' afresh
Please be by my side.

Mistakes I make,
I want to apologize,
Please be by my side.
Never again, I promise
I give you my words,
Please be by my side.
XOXO
Bulson

Tuesday, February 2, 2010

क्रम !


धेरै कुर्चीहरु

तिमी, म, साथीहरु

धेरै चियाहरू


धेरै कुर्चीहरू

तिमी, म

दुइटा चियाहरू


एउटा कुर्ची

तिमीम

मतिमी

एउटा चिया


एक सुरूप तिमी

एक सुरूप म

कताबाट?


एउटा कुर्ची

तिमी , उंभी

चिया छैन आज

एकै क्षण को भेट ।


धेरै कुर्चीहरू

धेरै चियाहरू

तिमी र म

छैनौं आज

कति क्षण को भेट?