Tuesday, February 2, 2010

क्रम !


धेरै कुर्चीहरु

तिमी, म, साथीहरु

धेरै चियाहरू


धेरै कुर्चीहरू

तिमी, म

दुइटा चियाहरू


एउटा कुर्ची

तिमीम

मतिमी

एउटा चिया


एक सुरूप तिमी

एक सुरूप म

कताबाट?


एउटा कुर्ची

तिमी , उंभी

चिया छैन आज

एकै क्षण को भेट ।


धेरै कुर्चीहरू

धेरै चियाहरू

तिमी र म

छैनौं आज

कति क्षण को भेट?


No comments:

Post a Comment