Saturday, January 29, 2011

देशको झन्डा बोकेर हिंडेको त्यो पल

सिड्नी धेरै को लागि सपना को शहर हो। यहाँ जता हेर्‍यो मान्छे को भिड देखिन्छ । ट्रैन, बस, पसल, पार्क, समुद्र किनार, क्याफे, रेस्टुराँ, आदि आदि सबैमा मान्छेको भिड यसरी जमेको देखिन्छ जस्तो माहुरीको सेना मह बनाउन झुम्मिएको हुन्छ । यही भिडलाई मध्यनजर् गरेर हामी केही साथी मिलेर यूनाइटिङ नेपालले आयोजना गरेको यो कार्यक्रममा भाग लियौं । कार्यक्रम थियो नेपालको बिशेषता छापिएको पर्चा बाड्ने , र हाम्रो तत्कालिन कारण थियो नेपाल पर्यटन बर्ष २०११ । सुरुमा एउटा संकोच थियो , कसरी बिच सडकमा बसेर बाटो छेक्दै यो कागज को टुक्रा बाड्ने ? यो सामान्य विध्यार्थीहरुको समुहले गर्न खोजेको राम्रो काम त हो नै तर यो कार्यलाई कसरी लिन्छन त भन्ने भै रह्यो ।
तर यो पहललाई साथ दिने साथीहरुको हौसलले आँफै सम्मानित भएको महसुस भयो ।
डिसेम्बर ११ को बिहान एउटै रंगको यूनाइटिङ नेपाल अंकित टिसर्ट लगएर साथीहरु सिड्नीको मुख्य बजार TownHall मा छरिए । यस कार्यक्रमको पहिलो जानकारी गराउन गए देखी नै निकै उत्साहित र खुसी हुनुहुन्थ्यो NSW का लागि नेपाली महाबाणिज्यदुत श्री दीपक खड्का । वहाँ त्यस समुह मध्यका एक हुनु हुन्थ्यो । देशप्रेमको यस्तो काममा आफु सधैं साथ रहेको कुरा वहाँ बताउनु हुन्छ ।
अर्का सहयोगी सहभागी melbourne बाट यस कार्यलाई सहयोग गर्न आउनु भएको थियो डा. राजु अधिकारी । वहाँहरु पटक पटक भन्नु हुन्थ्यो '' निकै प्रसन्सनिय काम गर्दै हुनुहुन्छ तपाईंहरु ।''केही समय गौतम बुद्धको चित्र छापिएको टीसर्ट लगाएर सडकछेउ उभिनुभयो मन खत्री । निकै मिजासिलो आवाजमा वहाँले पनि 'महान कार्य ' भन्नु भयो ।

No comments:

Post a Comment